(१) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकार प्रयोग गर्न नसकेको वा अधिकारको दुरूपयोग गरेको वा प्राप्त अधिकार भन्दा बढी अधिकार प्रयोग गरेको वा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले पालन गर्नु पर्ने कर्तव्य पालन गर्न नसकेको भन्ने नेपाल सरकारलाई लागेमा नेपाल सरकारले परिषद्लाई विघटन गर्न सक्नेछ ।
(२) उपदफा(१) बमोजिम परिषद् विघटन भएपछि सो परिषद्को कोष र अन्य सम्पति नेपाल सरकारले आफ्नै जिम्मामा राखी अर्काे परिषद्गठन नभएसम्म यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले गर्नु पर्ने सबै काम कारबाही आफँैले गर्न वा कुनै समिति गठन गरी सो समितिबाट गराउन सक्नेछ ।
(३) उपदफा(१) बमोजिम परिषद् विघटन भएको साधारणतया तीन महिनाभित्र नेपाल सरकारले दफा३ बमोजिम अर्काे परिषद्गठन गर्नेछ ।
(४) अर्काे परिषद् गठन भएपछि उपदफा(२) बमोजिम नेपाल सरकारले आफ्नो जिम्मामा राखेको कोष र सम्पत्ति उक्त परिषद्लाई बुझाउनेछ ।